इष्ट प्वाईन्ट एकेडेमी सेकेन्डरी स्कुल के भन्छ ???
आदरणिय अभिभावक ज्यू
भक्तपुर- ४, मुलढोका कमलविनायकमा अवस्थित यस विद्यालय तपाईहरूको लागि नौलो होईन । यस विद्यालय तपाइहरूकै आँगनमा उभिएर मुस्कुराईरहेको छ । विगतदेखि अनेक आरोह पार गर्दै हाल यस अवस्थासम्म अई पुगेको यस विद्यालयले समाज र राष्ट्रका लागि आवस्यक सक्षम जनशक्ति उत्पादन गरि सकेको छ । डाक्टर, ईन्जिनियर, नर्स, कृषि विशेषज्ञ, वकिल जस्ता क्षेत्रमा सफलता प्राप्त गर्न सक्ने जनशक्ति उत्पादन गरेर विशिष्ट योगदान दिदै आएको कुरा स्पष्ट छ ।
विगत दिनहरूमा जेजस्ता समस्याहरू विद्यालयले भोगे पनि हालका दिनहरूमा विद्यार्थीका आवश्यकताहरू, अभिभावकका सुझाबहरू राम्ररी मनन गर्दै, कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा दिन सक्षम बनेको छ भन्ने कुरा यस् एस्.एल्.सी मा हरेक वर्ष शतप्रतिसत उत्तीर्ण गर्न सफल भएको नतिजाले स्पष्ट गर्दछ ।
|